NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

परिचय

नेपालको संविधान २०७२ को भाग ५ राज्यको संरचना तथा राज्यशक्तिको बाँडफाँड अनुसार एकात्मक राज्यव्यवस्थाबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुनरसंरचनामा भए बमोजिम नेपालको संविधान २०७२ भाग ३ धारा ३५ अनुसार नागरिकको स्वास्थ्य सम्बन्धि हकको सुनिश्चता गर्न, स्वास्थ्य उपचार सेवालाई सुदृढ तुल्याउन र स्वास्थ्य सेवा प्रणालीलाई स्थानीयस्तरमा सहजरुपले उपलव्ध तथा प्रभावकारी बनाउँदै वहुसंख्यक नागरिकको स्वास्थ्यस्तरमा सुधार ल्याउनका लागि स्वास्थ्य प्रयोगशालाहरुको महत्वपूर्ण भूमिका रहेको र हाल प्रार्दुभाव भएका तथा पुन: प्रार्दुभाव हुने ( Emerging and Re-emerging) रोगको पहिचान गरी राष्टिय रोग नियन्त्रण कार्यक्रमका लक्ष्यहरु हासिल गर्न आवश्यक भएको , जनस्वास्थ्य एवं चिकित्सकीय (Clinical) सेवासंग सम्बन्धित कार्यहरु जस्तै रोगको खोजपडताल, निदान, रोकथाम, उपचार, अनुसन्धान र स्वास्थ्य प्रवर्द्धनका कार्यहरु प्रभावकारी तथा सर्बसुलभरुपमा प्रयोशालाका नतिजामा भर पर्नेहुँदा प्रयोगशालाको महत्वलाई आत्मसाथ गर्दै नेपालमा स्वास्थ्य प्रयोगशालालाई समयसापेक्ष विश्वसनीय र गुणस्तरीय बनाउन प्रदेशस्तरमा प्रेशण प्रयोगशालाकोरुपमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।०९।०९ को निर्णय अनुसार सामाजिक विकास मन्त्रालय अन्तर्रगत प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको हो । यो प्रयोगशालाले l सुदूरपश्चिम प्रदेश भित्र रहेका सरकारी प्रयोगशालाहरु तथा अन्य विभिन्न प्रयोगशालाहरु संग सम्बन्ध तथा समन्वय राख्दछ ।

प्रदेशजनस्वास्थ्य प्रयोगशाला को चारओटा शाखा रहेका छन्